हरेक वैवाहिक जोडीले जान्नैपर्न कुरा एकचोटी अवश्य पढ्नुहोस्



२२ श्रावण २०७६, काठमाडौं

विवाहको अर्थः दुई व्यक्ति एक हुनु मात्रा नभएर एकअर्काेमा विश्वास,सम्मान, माया–प्रेम एवम् दुई परिवारप्रतिको दायित्व पनि एक हुनु हो।

वैवाहिक जीवनमा सुखी र शान्ता हुनु भनेको पृथ्वीमै स्वर्गको आनन्द महशुष गर्नु हो।

सफल वैवाहिक जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एकअर्कालाई बढी भन्दा बढी समय दिनु, वुझ्नु हो।

तर….

कतिपय वैवाहिक जीवनमा एक–अर्कालाई नबुझेको कारण बढी मात्रामा झै–झगडा हुने गर्दछ।

विशेषज्ञहरुका अनुसार, श्रीमान–श्रीमतीको बीचमा मायाको कमी भएर होईन, मित्रताको कमी भएर सम्बन्ध विग्रिने गर्छ।

त्यसैले, आज हामी तपाईहरुलाई सफल वैवाहिक जीवन कसरी बनाउने?

जुन विषयमा यी जानकारी तपाई वैवाहिक जोडीको लागिः


एक–अर्काेको भावनालाई सधैँ सम्मान गर्नुहोस्ः

सुखी दम्पती हुनका लागि एकले अर्काको भावनालाई सधैँ सम्मान गर्नु पर्दछ।

विशेषज्ञहरुका अनुसार, एक–अर्काको रुची आवश्यकतालाई बुझ्दै आम्दानी,कार्य, प्रतिष्ठानमा खुसी हुनुपर्दछ।

एकदमै रिसाह स्वभाव भएको श्रीमतीलाई श्रीमानले तिमी धेरै शान्त स्वभावकी छांै भनेर प्रशंसा गर्दा श्रीमती शान्त हुने प्रयास गर्छिन्।

त्यस्तैः एक–अर्काको आम्दानीप्रति सन्तुष्ट हुनु पनि सुखी रहस्य हो।

जुन दम्पती आफ्ना बालबालिकाको भविष्यप्रति पनि उस्तैः विचारधार राख्दै, दुबै मिलेर आफ्नो सन्तानको लागि सहि बाटो रोज्छन्, जसले बच्चाको भविष्य उज्जवल बनाउने विज्ञहरु बताउँछन्।

सुखी दम्पतीका लागि एक–अर्कासँग कहिल्यै कुरा नलुकाउनुहोस्।

एक–अर्काप्रति अटुट विश्वास र निष्ठा भावनाका साथमा शंका नगर्नाले पनि सुखी हुने विज्ञहरु बताउछन्।

विवाह भनेको संगै घरमा बस्नु बच्चा जन्माउनु मात्रै होईन।

विवाह गर्नू भनेको आफ्नो जीवनमा सँगै काँधमा काँध मिलाएर अगाडि बढ्नुका साथै दुःख सुख एवम् भावना सटासट गर्नू हो।

बच्चा जन्मिसकेपछि आफ्नो परिवारलाई बढी महत्वस दिनुहोस्।

झगडा गर्दा मायाले गर्नुहोस्ः

सुखी जीवनका लागि तर्क पनि महत्पूर्ण नै हुन्छ।

तर्क गर्दा के को लागि भन्दा पनि कसरी भयो भन्ने कुरा महत्वपुर्ण हुन्छ।

सुखी जीवनका लागि कहिल्यै ठुलो स्वरमा बोल्नुहुँदैन।

मायाले विस्तारै मिठो अवाजमा बोल्नुहोस्।

किनकि कहिलकाहिं आफुले बोलेको बोलीले नै आफैलाई पोल्न पनि सक्छ भन्ने कुरा बिर्सनु हुँदैन।

श्रीमान–श्रीमतीको दुवै पक्षको आफन्तलाई सम्मान गर्नुहोस्।

सुखी दम्पतीका लागि एक–अर्कामा बारम्बार आफ्नो प्रेम दर्शाउनका साथै सधैँ मायाले भरिएको बोलि बोल्न विशेषज्ञहरु सल्लाह दिन्छन्।

जन्मदिन, वैवाहिक वाषिर्कोत्सवको अवसरलाई उत्साहपूर्वक मनाउने र गिफ्टहरु दिने गर्नुहोस्।

श्रीमान–श्रीमती एक–अर्कालाई सधैँ ‘म तिमीलाई माया गर्छु’ भन्नुहोस्।

जसले तपाईको वैवाहिक जीवन अझ प्रगाढ बन्दै जान्छ।

नोटः यदि वैवाहिक सम्बन्धलाई सुमधुर बनाउन सक्नुभयो भने जीवनको अन्तिम क्षणसम्म माया, खुशीका साथमा बाँच्न सक्नुहुनेछ।

प्रतिक्रिया दिनुहोस्