खाली पेटमा लसुनको सेवनले अनेक रोगको संक्रमणहरुबाट दिन्छ छुटकारा



२२ श्रावण २०७६, काठमाडौं

खानालाई स्वादिलो बनाउनेमा लसुन पनि एक हो।

यहाँ लसुन मन नपराउने मानिस कमै मात्रामा होलान्।

विशेषज्ञहरुका अनुसार, लसुनको प्रयोगले विभिन्न रोगको निदान हुनका साथै जुनै पनि रोगको उपचारको लागि पनि प्रभावकारी मानिन्छ।

कतिपय मानिसहरु भन्छन्ः लसुन बिनाको खानाको स्वाद फिक्का हुन्छ।

जुन लसुन खानामा मात्रै स्वाद बढाउने नभएर स्वास्थ्यको लागि पनि निकै लाभदायिक मानिन्छ।

जान्नुहोस् खाली पेटमा लसुन खानुको फाईदाहरुः

 

पाचनलाई राम्रो बनाउँछः

नियमित लसुनको सेवनले पाचन क्रिया निकै राम्रो बनाउन मदत गर्छ।

चिकित्सकहरुका अनुसार, लसुनको सेवनले झाडापखाला, कब्जियत र ग्याँस जस्ता पेटका समस्यलाई निर्मूल बनाउने काम गर्दछ।

जसका लागि उम्लिएको पानीमा लसुनका ४/५ वटा दाना हालि रातभरी रातभरी यत्तिकै राख्नुहोस्।

बिहान उठेर खाली पेटमा जुन पानी पिउनुहोस्।

जसले पेटसम्बन्धि समस्यबाट छुटकारा दिन्छ।

स्वस्थ मुटु

हरेक समय लसुनको सेवनले मुटुलाई स्वस्थ बनाउन मदत गर्दछ।

जसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

लसुनको सेवनले हृदयघातको सम्भावनालाई निकै कम गर्नका साथै रगत जम्ने लगायतका समस्याबाट बचाउँने चिकित्सकहरु बताउँछन्।

एन्टिब्याक्टेरियल गुण

नियमित लसुनको सेवनले पटक–पटक लाग्ने रुघाबाट बचाउँने काम गर्दछ।

जसमा एन्टिब्याक्टेरियल गुणले घाँटी दुखाई, दम, निमोनिया, ब्रोन्काइटिस जस्ता समस्याबाट राहत मिल्ने चिकित्सकहरुको भनाई छ।

मधुमेह, डिप्रेशन र क्यान्समा

लसुनले शरिरलाई परजीवी र किराबाट जोगाउँने रहात दिने काम गर्दछ।

लसुनको सेवनले मधुमेह, डिप्रेशन र क्यान्सर जस्ता रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन्।

नियमित यसको सेवन गर्दा उच्च रक्तचापको समस्यबाट बच्नुका साथै रक्तसंचारमा पनि निकै सहयोग मिल्दछ।

प्रतिक्रिया दिनुहोस्