होशियार! महिनावारी भएको समयमा भुलेर नगर्नुहोस् यस्तो कार्य



२१ श्रावण २०७६, काठमाडौं

महिनावारी प्रकृतिले दिएको एक ‘वरदान’ को रुपमा मानिन्छ।

किशोरवस्थामा २–८ दिनसम्म योनिबाट रगत आउनुलाई महिनावारी भन्दछ।

चिकित्सकहरुका अनुसार, महिनावारी सामान्यतयः ८–१६ वर्षभित्रमा जुनै पनि समयमा हुनसक्छ।

पछिल्लो समय दिन–प्रतिदिन ठिक समयमा महिनावारी नभएको गुनासो भने भईरहेको चिकित्सकहरु बताउँछन्।

एक अध्ययनका अनुसार, ठिक समयमा महिनावारी नहुनुको मूख्य कारण भनकोे हर्माेनको असन्तुलन हो।

जब शरिरमा भएको इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने कार्य गर्दछ।

चिकित्सकहरुका अनुसार,उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुने गर्दछ।

पोषणको अभाव,कमजोरी अवस्था, मोटापन तथा दुब्लोपन, तनावका कारण महिनावारी तल माथि हुन सक्ने चिकित्सकहरु बताउँछन्।

त्यसैले, महिनावारी भएको बेला के–के कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ?

जुन बिषयमा यी जानकारी तपाईहरुको लागिः

एउटै प्याड लामो समय प्रयोग नगर्नुहोस्ः

महिनावारी भएको समयमा सुरक्षित तथा सफा भएर बस्नु स्वास्थ्यको लागि उत्तम मानिन्छ।

महिनावारी भएको बेलामा कम्तीमा पनि ३–४ घण्टाको फरकमा प्याड परिवर्तन गर्न चिकित्सकहरु बताउँछन्।

यसरी पटक–पटक प्याडको परिवर्तनले व्याक्टेरियल इन्फेक्सनको खतराबाट बच्न सकिन्छ।

यौन सम्पर्क नराख्नुहोस्ः

महिनावारी भएको बेला यौन सम्पर्क भने गर्नु हुँदैन।

चिकित्सकहरुका अनुसार, महिलाको योनीबाट विकारयुक्त रगत बाहिर निस्किरहने भएकोले यो समयमा यौन सम्पर्क राख्नाले इन्फेक्सनको खतरा हुनका साथै अन्य रोगहरु लाग्ने सम्भावना हुन्छ।

त्यस्तै, महिनावारीको समयमा यौनसम्पर्क राख्नाले पेटको दुखाई पनि बढ्ने प्रबल हुन्छ।

एक्सरसाइज नर्गनुहोस्ः

महिनावारी भएको बेलामा धेरै एक्रसाइज गर्नु हुँदैन।

विभिन्न अध्ययनका अनुसार, जिम जाने, धेरै दौडिने,योग गर्ने, भारी सामानहरु उठाउने वा शारीरिक बल पर्ने खालका कुनै पनि काम गर्नु हुँदैन।

यस्तो कार्य गर्नाले शरिरको ब्लड प्रेसर बढ्न गई ब्लिडिङ धेरै मात्रामा हुने सम्भावना हुन्छ।

राती लामो समय नबस्नुहोस्ः

महिनावारीको समयमा शरिरले धेरै भन्दा धेरै अराम खोजेको हुन्छ।

त्यसैले, यो समयमा करिब ८ घण्टा नियमित सुत्ने विज्ञहरु बताउँछन्।

महिनावारीको समयमा कम सुत्नाले टाउको दुख्ने, शरिर दुख्ने, पेट दुखाई बढ्ने जस्ता समस्यहरु उत्पन्न हुने चिकित्सकहरु बताउँछन्।

व्रत नबस्नुहोस्ः

महिनावारीको समयमा रक्तश्रावका कारण यत्तिकै पनि शरिर कमजोर भईरहेको हुन्छ।

जुन समयमा व्रत वा उपवास बस्नाले शरिरलाई गम्भीर असर पुर्याउदछ।

त्यसैले महिनावारीको समयमा भोको पेट, व्रत बस्ने गर्नुहुँदैन।

फास्टफुड वा जङ्कफुड नखानुहोस्ः

महिनावारी भएको बेलामा शरिरलाई अधिक मात्रामा भिटामिनको आवश्यकता हुन्छ।

यो समयमा शरिरलाई आवश्यक पर्ने भिटामिन युक्त खाना मात्रै खाना चिकित्सकहरु सल्लाह दिन्छन्।

प्रतिक्रिया दिनुहोस्