जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण



२१ श्रावण २०७६, काठमाडौं

जिल्लामा ३१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ।

गत आर्थिक वर्षमा एक हजार ९९१ जनाको रक्त परीक्षण गरिएकामा सो सङ्ख्यामा संक्रमित भेटिएका स्वास्थ्य कार्यालयले जनाएको हो।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार भेटिएका सङ्क्रमितमध्ये १५ चितवनका र अन्य बाहिरी जिल्लाका हुन्।

भरतपुर महानगरपालिका–१, २, ३, १० र ११ का बासिन्दामा सो रोगको सङ्क्रमण भेटिएको थियो।

जुन क्षेत्रमा बढी सङ्ख्यामा सवारीसाधन मर्मत गर्ने स्थानमा लामो समयसम्म पानी जम्ने भएकाले त्यस्तो स्थान जोखिममा रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्