
२१ श्रावण २०७६, काठमाडौं
दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा आइतबार मध्यरातमा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु,२१ जना घाइते भएका छन्।
दुर्घटनामा मृत्यु हुने स्वयंसेवी चिकित्सक तथा नर्सहरु रहेको हो।
प्रहरीका अनुसार,अपोलो क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्न स्वयंसेवी चिकित्सक र नर्सको टोली लिएर गएको बस दुर्घटनामा परेको हो।
बस सडकबाट करिब २०० मिटर गहिरो खोंचमा झरेको स्थानीयले जानकारी दिए।
बोलिभियाको राजधानी लापाजबाट उत्तरतर्फ करिब २५१ किलोमिटर टाढाको चाराजानी नगरको छेउमा उक्त बस दुर्घटनाग्रस्त भएको हो।





