औषधि व्यवस्था विभागलाई पर्‍योे २५ वटा सुझाव



२१ श्रावण २०७६, काठमाडौं

उपचारको क्रममा नभई नहुने (लाईफ सेभिङ) कुन–कुन औषधि बाहिरबाट ल्याउनुपर्ने हो भन्दै सार्वजनिक सूचना जारी गरेको औषधि व्यवस्था विभागलाई २५ वटा सुझाव परेको छ।

स्वास्थ्य संस्था र चिकित्सकहरु मिलेर सुझाव दिएको हो।

उपचारमा आवश्यक पर्ने जीवन रक्षक औषधि बजारमा उपलब्ध नभएको गुनासो बढ्दै गएको खण्डमा विभागले गत ३ साउनमा चिकित्सक तथा स्वास्थ्य संस्थाहरुसंग सुझाव मागेका थिए।

उसले त्यसबेला कुन कुन औषधि अत्यावश्यक हो ७ दिन भित्र लिखित वा इमेलमार्फत जानकारी गराउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।

‘हामीले मागे अनुसार २६ वटा सुझाव प्राप्त भएका छन् । त्यसमा मुटु क्यान्सर, मिर्गौला लगायतका नसर्ने रोगका बढी औषधिहरु छन्। त्यसको अझै राम्ररी अध्ययन गर्न बाँकी नै छ ।

यो सुझावलाई औषधि मुल्यांकन समिति र त्यसपछि औषधि सल्लाहकार समितिमा लगेर छलफल हुनसक्छ। त्यसपछि मात्रै कुन कुन औषधि ल्याउने भन्ने निर्णय हुन्छ,’ विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले भने।

प्रतिक्रिया दिनुहोस्