
२१ श्रावन २०७६, काठमाडौं
नेपाली काङ्ग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्।
मधुमेह र ज्वरो बढ्नुका साथै पिसाबमा सङक्रमण देखिएपछि नेता सिंह उपचारका लागि अस्पताल भर्ना भएका हुन्।
स्वास्थ्यमा केही समस्य देखिएपश्चात नेता सिंह चार÷पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए।
सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको पार्टीका काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ (सबुज) ले बताए।





