
२१ श्रावण २०७६, काठमाडौं
बद्लिदो मौसमसँगै यहाँ हरेक कुराको परिवर्तन हुँदै आएको दखिन्छ।
पछिल्लो समय बढ्दो प्रदुषणका कारण मानिसमा विभिन्न समस्याहरु उत्पन्न हुन थालेको छ।
जुन समस्यहरु मध्ये धुवाँ,धुलो पनि एक हो।
प्रदुषित वातावरणका कारण छालामा नराम्रो प्रभाव पार्न थालेको छ।
जुन धुवाँ,धुलोका कारण छालामा फोहोर जम्छ।
अनुहारको छालामा नकरात्मक प्रभावपश्चात यसको आकर्षण हराउँछ।
अनुहार सुन्दर र आकर्षण देखिन मानिसहरु अनेक उपायहरु अपनाईरहेका हुन्छन्।
त्यसैले सुन्दरता देखिनका लागि एक उपाय हो– स्क्रबिङ गर्नु

अनुहार सुन्दर र आकर्षक देखिनका लागि समय–समयमा अनुहार सफा गर्नु अति नै जरुरी हुन्छ।
त्यसमा पनि अनुहारलाई स्क्रबिङ गर्नु उत्तम मानिन्छ।
तर स्क्रबिङ गर्दा सबैको छाला भिन्न–भिन्नै भएकाले आफ्नो छालाअनुसारको स्क्रबिङ गर्नु
छालाको लागि राम्रो मानिन्छ।
त्यसैले,कुन छालामा कस्तो प्रकारको स्क्रबिङ गर्ने भन्ने बिषयमा यी जानकारीः

सुख्खा छालाः
भिटामिन ‘ई’ समावेश भएको तेलमा एक थोपा कागतीको रस र एक थोपा ग्लिसरीन मिसाउनुहोस्।
जसले, केही समयसम्म अनुहारलाई राम्रोसँग मसाज गर्नुहोस्।
त्यसपछि चिसो पानीले अनुहारलाई राम्रोसँग पखाल्नुहोस्।
सामान्यः छाला
सामान्य छालाको लागि पिठोको चोकरमा एक चम्चा मह र एक चम्चा दुध मिसाउनुहोस्।
जुन मिश्रणलाई अनुहारमा लगाउनुहोस्।
त्यसलाई केहि समयपछि हल्का हातले रगड्दै हटाउनुहोस्।
तैलिय छाला:
एक अथवा दुई कप भिजेको चनालाई पिस्नुहोस्।
जुन पिसेको चनामा एक ठुलो चम्चा दही र अथवा पानी मिसाएर पेस्ट बनाउनुहोस्।
यी पेस्टलाई हल्का हातले अनुहारमा स्क्रब गर्नुुहोस्।
जुन केही समयपश्चात चिसो पानीले अनुहार पखाल्नुहोस्।
जुन तरिकाले गर्दा तपाईंको तैलिय छाला सुन्दर हनका देखिन्छ।





