सावधान! नसर्ने रोगबाट बच्ने यी ज्ञानवर्द्धक कुराहरु



२० श्रावण २०७६, काठमाडौं

जीवन परिवर्तनसँगै पछिल्लो समय नेपालमा नसर्ने रोगको संक्रमण फैलिरहेकोे छ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने तथा सामान्यतयः त्यस्ता रोगलाई नन् कम्युनिकेबल डिजिज अर्थात् नसर्ने रोग भनिन्छ।

नेपालमा गरिएको २०१६को एक अध्ययनअनुसार, ६६ प्रतिशत मानिसको मृत्यु हुनको प्रमूख कारण नसर्ने रोग हो।

नसर्ने रोगको शिकार हुनुको कारण जीवनशैली हो।

विशेषज्ञहरुका अनुसार,अत्यधिक धूम्रपान,मध्यपान गर्नु,अल्छीपना तथा व्यायाम नगर्नु, प्रदूषण, गलत खानपान हो।

पछिल्लो समय नेपालमा उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सरलगायत रोगका बिरामीको संख्या ह्वात्तै बढ्नुको कारण जीवनशैली लापारवाही हो।

विशेषज्ञहरुका अनुसार,पछिल्लो समय नसर्ने रोगहरुमध्ये पहिलो नम्बरमा दम रोग देखिएको छ।

पछिल्लो समय नसर्ने रोगको जोखिम बढी रहेका मध्ये दम रोगको जोखिम उच्च देखिएको चिकित्सकहरु बताउँछन्।

मानिसको मुटुरोगको कारण मृत्यु हुनेको संख्या ३० प्रतिशत, श्वासप्रश्वाससम्बन्धी रोगले १० प्रतिशत, क्यान्सरजन्य रोगले ९ प्रतिशत, मधुमेहले ४ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ।

नसर्ने रोगका कारण मृत्यु हुनेमा ६० वर्षभन्दा कम उमेरका मानिसहरुको मृत्यु हुने गरेको पाईन्छ।

जसमा पनि उनीहरुको संख्या ८२ प्रतिशतभन्दा बढी रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल लगायत दक्षिण एसियाली मुलुकका २५ प्रतिशत जनता नसर्ने रोगबाट हुने अकाल मृत्युको जोखिममा रहदै आएका छन्।

नसर्ने रोगहरुबाट बच्ने यी उपायहरु तपाईहरुको लागिः

धुमपान तथा मध्यपानबाट टाढा रहनुहोस्।

चिकित्सकहरुका अनुसार, धूम्रपान गर्दा श्वासप्रश्वास, फोक्साको क्यान्सरलगायत जटिल समस्याहरु देखा पर्दछ।

मानिस स्वस्थ रहनका लागि कम नुन खान स्वास्थ्यका लागि लाभदायिक मानिन्छ।

त्यस्तैः नियमित आधा घन्टा व्यायाम गर्नुहोस्।

हामीले खाने खानामा दैनिक ५ ग्रामभन्दा कम नुन खानु स्वास्थ्यका लागि लाभदायिक मानिन्छ।

खैनी, गुट्का,पानजस्ता सुर्तीजन्य पदार्थबाट टाढै रहनुहोस्।

चिकित्सकहरुका अनुसार, जसको सेवनले दम, मुखको क्यान्सर, मधुमेहजस्ता रोगबाट सक्रमणले आक्रमण गर्दछ।

नोटः व्यक्ति स्वयंले आफ्नो जीवनशैलीमा ध्यान दिन सकेमा नसर्ने रोगको संक्रमणबाट बच्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्