
२० श्रावण २०७६, काठमाडौं
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दिइएको दुईजनाको आवेदन रद्ध भएको छ।
दोस्रो पटक दरखास्त हालेका ११ जना मध्ये २ जनाको आवेदन रद्ध भएको हो।
उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्राडा प्रमोदकुमार सर्राफ र प्राडा जेएन पाण्डेय हिमालको आवेदन रद्ध गरेका हुन्।
उक्त दिक्ष्एको सुचनामा उल्लिखित चिकित्सा शिक्षा आयोगसंग कुनै किसिमको स्वार्थको टकराव नभएको लगयातका स्वयं घोषणाहरु गरेको नदेखिएकोले आवेदन रद्ध गरिएको समितिले जनाएको छ।
आयोगको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने ९ जना रहेका छन् ।






