
१९ श्रावण २०७६, काठमाडौं
बद्लिदो जीवनशैलीसँगै यहाँ रोगको परिचय पनि बदलिरहेको छ।
पछिल्लो समय पाका उमेर तथा धनाढय व्यक्तिमा लाग्ने मुटु रोग फेरिन थालेको छ।
प्रायः विश्वमा अहिले आएर यो रोगले युवा पुस्तालाई सताउन थालेको छ।
विशेषज्ञहरुका अनुसार, लापारवाही जीवनशैलीसँगै अस्वस्थकर खानपान, तनाब,मोटोपन, शारीरिक निष्क्रियता,वातावरणीय प्रदुषणका कारण मुटु रोगको संक्रमणले आक्रमण गरिरहेको छ।
‘मुटु’ शरिरको संवेदनशिल अंग हो।

एक अध्ययनका अनुसार, पछिल्लो समय ९९ सय प्रतिशत युवामा मुटु रोगको समस्य दखिन थालेको छ।
पछिल्लो समय जन्मजात, घाँटीको संक्रमणका,मुटुको भल्भ बिग्रेर हुने बाथ मुटु रोग र अव्यवस्थित जीवनशैलीका कारण यो रोगका बिरामी बृद्धि भईरहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, मुटु रोगका कारण विश्वमा वर्षनी एक करोड ७९ लाख मानिसको मृत्यु हुने गरेको छ।

जुन रोगको रोगथामका उपाय नअपनाउने हो भने सन् २०२० सम्ममा यो रोगले महामारीको रुप लिन सक्ने विज्ञहरुको भनाइ छ।
पछिल्लो समय सम्पन्न परिवारका मानिसहरु आफ्नो स्वास्थ्यप्रति निकै सजग हुन थालेपछि मुटु रोगको शिकार भने विपन्न वर्ग,त्यसमा पनि युवा समुहलाई यसको शिकार बन्न पुगिरहेको विश्लेषकहरुको भनाई छ।
नेपालमा मुटु रोगका कारण मृत्यु हुनेको एकिन तथ्याङक नभएपनि रोगीको संख्या दिन–प्रतिदिन बढिरहेको चिकित्सकहरु बताउँछन्।
मुटु रोगबाट बच्नका लागि ध्यान दिनुहोस् यी खानपानमाः

–मानसिक तनाव भने कहिल्यै नलिने,
–धुम्रपान, मद्यपानबाट सधैँ टाढा रहने,
–भुलेर नि जंकफुड नखाने,
–समय–समयमा स्वास्थ्य परिक्षण गराईराख्ने,
–सागसब्जी र फलफुल प्रशस्ता मात्रामा खाने,





