
१९ श्रावण २०७६, काठमाडौं
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
अख्तियारले अदालतमा रौनियारसहित २ जनाविरुद्ध आज आईतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्कामा घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए।
ठेक्का पाएको श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा उनले घुस लिएको अख्तियारको आरोप छ।
त्यस्तै, विभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप–कुलपति रौनियारले पटकपटक कमिसन बापत घुस–रिसवत लिएको अडियो–भिडियो सहितको उजुरी अख्तियारमा परेको थियो।
अख्तियारमा परेको उजुरीको आधारमा खोजी भइराख्दा उनी घुससहित पक्राउ परेका थिए।
रौनियारले पटकपटक गरी जम्मा १ करोड २८ लाख घुस–रिसवत लिएको पुष्टि भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।





