
१९ श्रावण २०७६, काठमाडौं
मानिस स्वस्थ हुन्छु भनेर मात्रै पनि हुँदैन।
जसका लागि स्वस्थकर खानपान गर्न जरुरी हुन्छ।
मानिस अस्वस्थ हुनुको प्रमुख कारण हो–खानपान
त्यसैले, खानपानमा ध्यान दिन सक्यौं भने स्वस्थ अनि फिट रहन सकिन्छ।
स्वस्थकर खानपानमध्ये अदुवा चिया पनि एक हो।
अदुवा हालेको चिया स्वादका मिठो मात्रै नभएर स्वास्थ्यका लागि उत्तिकै फाईदाजनक मानिन्छ।
चिकित्सकहरुका अनुसार,अदुवाको चियाको नियमित सेवनले पाचनप्रक्रियामा सधार ल्याउनका साथै पेटको समस्या समेत कम गराउँछ।
जान्नुहोस्ः अदुवाको चियाको फाईदाको बारेमाः

–हरेक दिन अदुवाको चियामा कागती मिसाएर पिउनाले शरिरको वजन घटाउँछ।
–महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा जसले फाईदा पुर्याउँछ।
–हरेक दिन अदुवाको चिया पिउनाले मानसिक तनावलाई पनि कम गराउँछ।
एक अध्ययनका अनुसार, अदुवाको चियाले शरिरका सवै विकार वस्तुहरुलाई बाहिर निकाल्नका साथै छाला समेत सफा हुनका साथै अनुहारमा चमक आउँछ।
–अदुवा चियामा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउँन मदत गर्दछ।





