
१९ श्रावण २०७६, काठमाडौं
उमेर बढेसँगै मानिसलाई अनेक समस्यहरु थपिदैँ जान्छन्।
जस मध्ये एक हो–बिहान सास गनाउने
कतिपय मानिसहरुको सास गनाउने समस्य हुन्छ।
जुन समस्यबाट छुटकारा पाउनका लागि कैयौं उपायहरु अपनाईरहेका हुन्छन्।
विभिन्न अध्ययनका अनुसार, दाँत सफा नगर्दा, सुत्ने तरिका मिल्न नपुग्दा,केही खानेकुराको सेवन गर्दा बिहान सास गनाउँछ।
त्यस्तै, राती सुत्दा मुख सुक्खा भयो भने पनि सास गनाउने गर्दछ।
जसमध्ये केही उपाय हामी तपाईहरुलाई दिदैछौं:

नुन पानीले मुख कुल्ला गर्नुहोस्:
सधैँ मुख कुल्ला गर्नलाई नर्बिसनुहोस्।
एक अध्ययनका अनुसार, १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस्,जुन पानीले मुख कुल्ला गर्दा सासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू मर्दछ।
दिनमा एकचोटि जीब्रो सफा गर्नुहोस्:
हरेक दिन जीब्रो सफा गर्ने वानी गर्नुहोस्।
किनकि तपाई विहान उठ्दा जीब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ।
जसकारण तपाईको सास गनाईरहेको हुन सक्छ।
चिकित्सहरुका अनुसार, जुन लेउमा सासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन्।
त्यसैले, ब्रस गरेपश्चात नरम ब्रसले जीब्रोलाई हलुका सफा गर्ने वानी बसाल्नुहोस्।
सुत्नुभन्दा अघि ब्रस गर्नहोस्:
दाँतको सफाईमा ध्यान दिन सक्यो भने सास गनाउने समस्यबाट मुक्त हुन सकिन्छ।
त्यत्ति मात्रै नभएर विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ।

सूत्ने वानीलाई परिवर्तन गर्नुहोस्:
राती सुत्दा आफ्नो सुताईलाई परिवर्तन गर्नुहोस्।
एक अध्ययनका अनुसार,राती सुत्दा उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको सट्टा नाकले सास फेर्ने बानी बसाल्नुहोस्।
जसले तपाईको सास गनाउने समस्य कम हुँदै जान्छ।
सुत्नुभन्दा अघि १ गिलास पानी पिउनुहोस्:
राती सुत्दा खेरी पानीको कम भयो भने मुख सुक्खा भई विहानमा दुर्गन्धित सास निम्त्याउँदछ।
त्यसैले हरेक दिन कम्तीमा ८ गिलास पानी पिउनुहोस्।
ताजा फलफूल तथा साजसब्जिहरू खानुहोस्:
हरेक दिन ताजा फलफुलको सेवन गर्नुहोस्।
जस्तैः गाँजर, काँक्रो, स्याउ, इत्यदिको प्रशस्ता मात्रामा खानुहोस्।
जसले सास गनाउने समस्यबाट कम गराउँछ।





