तनहुमा ६ सय भन्दा बढी विद्यार्थीको आँखा परीक्षण



१९ श्रावण २०७६, काठमाडौं

रोटरी क्लब अफ न्यूरोड पोखराले तनहुँको शुक्लागण्डकीस्थित खैरेनीटार माध्यमिक विद्यालयका विद्यार्थीको निःशूल्क आँखा परीक्षण गरेको छ।

कक्षा नर्सरीदेखि ८ सम्मका ६६३ विद्यार्थीको आँखाको परीक्षण गरिएको हो।

मनिपाल अस्पताल पोखराको प्राविधिक सहयोगमा दुई चिकित्सकसहित पाँच जनाको समूहले विद्यार्थीको आँखा जाँच गरेका हुन्।

क्लबको वार्षिक कार्ययोजनाअनुसार विद्यालयमा तेस्रोपटक आँखा शिविर सञ्चालन गरिएको संयोजक दीपेन्द्र शर्माले जानकारी गराए।

आँखा जाँच कार्यक्रममा ४१ विद्यार्थीको आँखामा सामान्य समस्या देखिएको र दुई जनाको शल्यक्रिया गर्नुपर्न पनि देखिएको छ।

उक्त, “आँखामा समस्या देखिएका विद्यार्थीलाई शल्यक्रियासहित आवश्यक पर्ने सबै खर्च क्लब र मनिपाल अस्पतालले व्यहोर्नेछ”, शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्