अलौकिक गुणले भरिपूर्ण बेसार पानी: जसले गराउँछ यस्तो खतरनाक रोगबाट मुक्त



१७ श्रावण २०७६, काठमाडौं

मानिस स्वस्थ रहन लागि विभिन्न स्वस्थकर खानपानको सेवन गरिरहेका हुन्छन्।

ति मध्ये एक हो–बेसार

हरेक भान्सामा पाईने बेसार मानव स्वास्थ्यको लागि प्रकृतिको ‘बरदान’ हो।

बेसार शरिरको हरेक अंगको लागि लाभदायिक मानिन्छ।

प्रायःमानिसले बिहान उठ्नेबित्तिकै कफी, चिया तथा तातो पानीको सेवन गर्ने वाणी हुन्छ।

तर….

जुन वाणीलाई परिवर्तन गरि बिहान खाली पेटमा पानीमा बेसार राखी सेवन गर्नाले स्वास्थ्यको लागि निकै फाईदाजनक मानिन्छ।

विशेषज्ञहरुका अनुसार, नियमित बेसार सेवन गर्ने व्यक्तिलाई प्रायः जुनै किसिमको रोगको संक्रमणले आक्रमण गर्न सक्दैन।

बेसारले एक शक्तिशाली एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ।

जसले, क्यान्सर उत्पादन गर्ने कोशिकाहरुसँग लड्ने गर्छ।

एक अध्ययनका अनुसार, बेसारमा करक्युमिन नामक रसायन पाईने भएकाले शुन्निएको शरिरलाई दुखाई कम गर्न मदत गर्छ।

बेसार मिसाएर पकाएको खाना पचाउन सजिलो हुन्छ।

चिकित्सकहरुका अनुसार, बिहान उठ्नेबित्तिकै मन तातो पानीमा बेसार मिसाएर पिउनाले दिमागलाई तेज बनाउन मदत गर्दछ।

हरेक दिन बेसार पानी पिउनाले मधुमेहको खतरा कम गराईदिन्छ।

शरिर दुखेको समयमा बेसारको सेवनले यसमा रहेको करक्युमिन तत्वले दुखाइ कम गर्न महत्वपूर्ण भूमिका खेल्छ।

हरेक दिन बेसार पानी पिउनाले अनुहारमा आउने चाउरीपनाबाट बचाउने काम गर्छ।

नियमित बेसार पानी पिउनाले रगत सफा गर्नुका साथै शरिरमा रगत जम्न दिदैंन।

प्रतिक्रिया दिनुहोस्