
१७ श्रावण २०७६, काठमाडौं
विवाहपश्चात् असल आमा–बाबु बन्ने इच्छा हरेक दम्पतीमा हुन्छ।
आफू आमा–बाबु बन्ने र काखमा स्वस्थ शिशु खेलाउने रहर त झनै हुने नै भइहाल्यो।
तर…..
जुन इच्छामा बाधक बनेर आउँछ।
पटक–पटक गर्भ तुहिने तथा खेरा जाने।
एक अध्ययनका अनुसार, पछिल्लो समय नेपालमा १५–२० प्रतिशत महिलाको गर्भ खेरा जाने समस्य भईरहेको छ।
व्यक्तिको लापरवाही, विभिन्न रोग, शारीरिक अवस्था इत्यादिका कारण गर्भ खेर जाने चिकित्सकहरु बताउँछन्।
सामान्यतया गर्भ रहेको २०औं हप्ताभन्दा अगाडि मिसक्यारेज अथवा गर्भ खेर जान सक्ने सम्भावना धेरै हुन्छ।
विभिन्न अध्ययनका अनुसार, गर्भधारणको पहिलो चरण वा पहिलो २० दिनमा महिलाहरुलाई आफू गर्भवती भएको थाहा नभएको कारण महिलाहरु सजग नहुँदा गर्भ जाने सम्भावना बढी मात्रामा हुन्छ।
त्यसैले, आफू गर्भवती भएको नभएको कुरामा सजग हुन आवश्यक हुन्छ।
जसकारण जान्नुहोस्, गर्भको बच्चा खेरा जानुको प्रमुख कारणहरुः

–गर्भवती महिलाले विभिन्न किसिमका औषधी सेवन गर्नाले,
–शरिर र गर्भलाई दबाब पर्ने काम गर्नाले,
–शरिरमा हर्मोन असन्तुलन हुनाले,
–बच्चा पेटमा आईसकेपछि यौनजन्य रोग लाग्नाले,
–गर्भअवस्थामा गम्भिर चोट लाग्नाले,
–पाठेघरभित्र अनावश्यक तन्तुहरु वृद्धि हुनाले
–उमेर नपुगी गर्भधारण हुनाले,
–खानपानमा ध्यान नदिनले,





