
१७ साउन २०७६, काठमाडौँ
हामी प्राय पेट र स्वास्थ्य भन्दा पनि इच्छा र स्वादका लागि पनि कैयौ खाना खाईरहेका हुन्छौ । अस्वस्थकर खानाले मुख्यतः पेटमा असर गर्छ र ग्याष्ट्रिक पनि हुन सक्छ। ग्याष्ट्रिक खानपानकै गडबढीका कारण हुने रोग भएकोले हाम्रो खानपानलाई सन्तुलित गर्ना साथ ग्याष्ट्रिक रोगलाई धेरै टाढा राख्न सकिन्छ ।
यदी दिनमा दुई वा तीनपटक अदुवा र नुन प्रयोग गर्यौ भने ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्नुका साथै समयमा भोक लाग्ने पनि हुन्छ ।पेटलाई स्वस्थ राख्नका लागि दैनिक दुई ग्राम ज्वानो र आधा ग्राम नुन चपाएर खान पनि सकिन्छ ।
यदी हामीले खानापछि १ सय २५ ग्राम मेथी, दुई ग्राम ज्वानो र आधा ग्राम बिरेनुन मिलाएर खायौ भने पेटमा ग्यास बन्न रोकिन्छ । अनी एक पोटी लसुन र किसमिस नियमित चपाउँदा पनि पेट सफा हुन्छ । लसुन र किसमिसले पेटमा रहेका विकार हावालाई बाहिर निकाल्ने काम गर्छ ।





