क्यान्सर पीडीतको उपचारका लागि तुलसीपरका युवाहरुले गरे चटपटे व्यापार



१७ श्रावण २०७६, काठमाडौं

तुलसीपुरको मलवार निवासी बिपिन ओलीको रक्त क्यान्सरको उपचारका लागि केही युवाहरु चटपटे व्यापार शुरु गरेका छन्।

गत वैशाखबाट २० वर्षीय ओलीलाई रक्त क्यान्सर भएपछि अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको हो।

आर्थिक अवस्था नाजुक भएका कारण ओलीका उपचारका लागि सहयोग पुर्याउन तुलसीपुरका विभिन्न क्रियाशील संस्थाहरुको पहलमा ती युवाहरुले चटपटे व्यापार गर्न शुरु गरेका हुन्।

दाङ फिमेना गु्रप, राइट पाथ कन्सेलटेन्सी, दारी ग्याङ, द सल्यास ब्यान्डले बिहीबार चटपटे बेचेर करिब रु ४३ हजार १५७ आर्जन गरिएको राइट पाथका मेघराज ओलीले जानकारी दिए।

“उहाँको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण हालै उपचार सम्भव हुन सकेको छैन” उनले भने, “त्यसैले आफ्नो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने हामीले एक दिन चटपटे बेच्न तयार छौँ भन्ने प्रतिबद्धता अनुसार एक दिन चटपटे बेचेका हौँ।”

प्रतिक्रिया दिनुहोस्