थाहा पाउनुहोस् यस्ता गुण भएका नारीले परिवारमा सुख, समृद्धि ल्याउछन्



१७ साउन २०७६, काठमाडौँ

घरलाई कस्तो बनाउने भन्ने सम्पुर्ण जिम्मा नारीको हातमा हुन्छ । एउटी नारी राम्रो आचरण ,गुण,शिल ,स्वभाव भएकी छे भने त्यो घर स्वर्ग जस्तै हुन्छ । हिन्दु धर्म शास्त्रमा पनि नारीका यस्ता गुणबारे चर्चा गरिएको छ ।

  • आवाज मधुर र हरेक क्षण मायालु बोली ब्यवहार दर्शाउने नारी ।
  • आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बुद्धिमान, दयावान, कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारी ।
  • जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्ने र अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने नारी ।
  •  घरका सबै सदस्यालाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्ने नारी।
  • बिहान साँझ पूजाआजा गर्ने, दीप एवं धूपले घरलाई सुगन्धित बनाउने तथा  पतिव्रत धर्मको पालना गर्ने नारी ।
प्रतिक्रिया दिनुहोस्