हाँस्दा कति क्यालोरी शक्ति खर्च हुन्छ? एक अमेरिकी रिर्पाट



१७ श्रावण २०७६, काठमाडौं

हाँस्नु स्वास्थ्यको लागि निकै फाईदाजनक मानिन्छ।

जुन कुरा त तपाईले वुझ्नुभएकै होला।

तर वैज्ञानिक आधार भने तपाईलाई थाहा नभएको हुनसक्छ।

अमेरिकाकी जीव विज्ञानकी प्रोफेसर डाक्टर हेलेन पिचरले हाँसो र त्यसले मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा एउटा गजबको अध्ययन गरेकी छिन्।

उनको अध्ययनले हास्नु एक व्यायम भएको प्रमाणित गरेको छ। प्रतिवेदन भन्छ, तपाई खुलेर हाँस्दा त्यति क्यालोरी खर्च गर्नुहुन्छ जति क्यालोरी तपाई हल्का हिँडदा खर्च हुन्छ ।

क्यालोरी शक्ति कति खर्च हुन्छ?

प्रोफेसर डाक्टर हेलेन पिचरको अध्ययनका अनुसार, भूईमा लडेर पेट मिचीमिची अनियन्त्रित तरिकाले हाँस्नाले १२० क्यालोरी प्रति घण्टा शक्ति प्रयोग हुन्छ। जुन मध्यम गतिमा हिँड्दा प्रयोग हुने क्यालोरी बराबर हो।

खित्का छाडेर हाँस्दा प्रतिघण्टा १०० क्यालोरी बराबर शक्ति खर्च हुन्छ भने वाहिर नदेखाईकन भित्रै मुसुमुसु हाँस्दा करीब २० क्यालोरी प्रति घण्टा सम्म प्रयोग हुन्छ ।

एक राम्रो खुलेर हाँसिएको हाँसोल तपाईको पेटलाई नियन्त्रण गर्न मद्दत गर्छ।

जबकि तपाई घरमा टि.भी.मा कमेडी कार्यक्रम हेरीरहनु भएको छ भने अन्जानमा तपाईको पेटको ब्यायाम भईरहेको हुनसक्छ ।

वैज्ञानिकहरुको अध्ययन अनुसार इन्टरनल अब्लिक भन्ने पेटको मांसपेसी सीक्स प्याक बनाउन जिम्मेवार हुन्छ र त्यसको ब्यायाम पेटको क्रन्चिङ भन्दा हाँसोबाट बढी हुने गर्छ।

खुलेर हाँस्नाले रक्तसंचारलाई पनि प्रभावकारी बनाई मुटुका मांसपेसीको समेत व्यायाम गराउने गर्छ ।

डा.पिचर भन्छिन्, ‘तपाई कमेडी कार्यक्रम हेर्दाहेर्दै आफ्नो तौल घटाउन सक्नुहुन्छ । यदि त्यो कार्यक्रम हेर्दै केही खाईरहनु भएको छैन भने
उनी भन्छिन्।

म आफैपनि हाँस्य कार्यक्रम हेरेपछि बढी स्वस्थ र फिट भएको महसुस गर्छु।’

प्रतिक्रिया दिनुहोस्