
१६ श्रावण २०७६, काठमाडौं
प्रत्येक मानिसको सबैभन्दा ठूलो धन भनेको हाँसो हो।
जुन हाँसोको लागि मानिस हरेक परिस्थितसँग लडिरहेका हुन्छन्।
हाँसो स्वास्थ्यको लागि निकै लाभदायिक मानिन्छ।
हाँसो जीवनको संगित हो।
जुन हाँसोले मानिसलाई शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा स्वस्थ बनाउँन मदत गर्छ।
त्यसैले, हाँसोको अनेक फाईदाहरु हामी तपाईहरुलाई दिदैछौंः

स्वस्थ रहने रसायन बढाउँछः
चिकित्सकहरुका अनुसार, हाँसोले मानिसलाई स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गराउँछ।
त्यस्तै, अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ।
प्रतिरोधी क्षमतामा वृद्धि गर्छः
मानिस जत्ति तनाव जति हुन्छ।
उत्ति नै शरिरको रोग प्रतिरोधी क्षमता कमजोर बनाउँछ।
विभिन्न अध्ययनका अनुसार, जुन हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडीको वृद्धि गराईदिन्छ।
जसले रोगसँग लड्ने क्षमतामा वृद्धि गर्छ।
सम्पूर्ण शरिरलाई आराम दिलाउँछः
हाँसोले शारीरिक तथा मानसिक तनाव हटाउन मद्धत गर्छ।
त्यस्तै, मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँने काम गर्छ।
मुटुको रक्षा गर्छः

हाँसोले रक्तनलीको कार्यमा सुधार गर्नका साथै रक्त सन्चारमा वृद्धि हुन्छ।
चिकित्सकहरुका अनुसार, जुन अवस्थामा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ।
बौद्धिक स्तर बढाउँछ:
मानिसको मष्तिष्कका लागि हरसमय धेरै नै अक्सिजनको आवश्यकता हुन्छ।
एक अध्ययनका अनुसार, हाँस्ने वाणीले मष्तिष्क मात्रै नभई शरिरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्न मदत गर्छ।
जसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ।
क्यालोरी खपत हुन्छ:
नियमित १०–१५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ।
जसको अर्थ वर्षभरि निरन्तरता दिने हो भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ।
आयु बढाउँछ
विभिन्न अध्ययनले भनेअनुसार, जो मानिसमा हाँसोको भावना हुन्छ,ऊ नहाँस्ने मानिसभन्दा लामो समयसम्म बाँचेको पाइएको थियो।





