
१६ श्रावण २०७६, काठमाडौं
धापाखेलको सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण शुरु गरेको छ।
गएको दुई साता अस्पतालले दुई जनामा मृगौलाको सफल प्रत्यारोपण गरेको हो।
उक्त,अस्पतालका कार्यकारी निर्देशक एवं मिर्गौैला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेको टीमले गत ३० असारमा शुक्रानी योञ्जन र गत २ साउनमा विकास गुरुङको मृगौलाको प्रत्यारोपण गरेको हो ।
अस्पतालका अनुसार रामेछापकी ३० बर्षीया शुक्रानीलाई आफ्नी ४९ बर्षीया आमाले मिर्गौैला दिएकी हुन् भने पोखराका ३१ बर्षीय विकासलाई उनकी श्रीमती रोजीले मिर्गौला दिएकी हुन् ।
कार्यकारी निर्देशक डा. काफ्लेले अस्पतालले पहिलो पटक गरेको केश भएकोले दुबै प्रत्यारोपण निशुल्क गरिएको जानकारी दिए।
गत ७ फागुनमा सरकारले सुमेरु अस्पताललाई मृगौलाको प्रत्यारोपण गर्ने लाइसेन्स दिएको थियो।
निर्देशक डा. काफ्लेले प्रत्यारोपणका लागि सरकारले छुट्याएको चार लाख रुपैयाँमै आफूहरुले पनि सेवा दिनसक्ने बताए । तर अहिले निजी क्षेत्रको अस्पतालले सरकारले प्रत्यारोपणका लागि सहुलियत दिएको छैन ।





