तनहुको भानु नगरपालिकामा पाँच वटा वडामा बर्थिङ सेन्टरको स्थापना



१६ श्रावण २०७६, काठमाडौं

तनहुँस्थित भानु नगरपालिका कार्यालयले पाँच वटा वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ।

बाह्र वटा वडा कार्यालय रहेका यस नगरपालिकामा पहिलो चरणमा वडा नं ११ रुपाकोट स्वास्थ्य चौकी, वडा नं भानु स्वास्थ्य चौकी, वडा नं पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं ज्यामरुक स्वास्थ्य चौकी र वडा नं वसन्तपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको हो।

भानु नगरपालिकाको १२ वटै वडामा स्वास्थ्य एकाइ स्थापना भइसकेकाले क्रमिकरुपमा सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य रहेको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए।

कतिपय स्वास्थ्य चौकीमा जग्गाको अभाव, ऐलानी जग्गाका कारण पनि बर्थिङ सेन्टर स्थापना गर्न नसकिएको हो । उनले भने, “बर्थिङ सेन्टरमा आएर शिशु जन्माउनेलाई प्रोत्साहनस्वरुप एम्बुलेन्स सेवामा निःशुल्क व्यवस्था पनि मिलाइएको छ ।”

प्रतिक्रिया दिनुहोस्