नर्सिङ लाईसेन्स परीक्षामा ५ सय २६ विद्यार्थी उतिर्णः कुन कलेजको कति उतिर्ण, कति अनुतीर्ण?



१६ श्रावण २०७६, काठमाडौं

गत असार १८ गते नेपाल नर्सिङ काउन्सिलले सार्वजनिक गरेको नर्सहरूको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा नेपाल र भारतका गरी २ सय १४ वटा कलेजमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए।

सहभागिता विद्यार्थीहरुको प्रायः नतिजा भने शून्य आएको छ।

काउन्सिलले सार्वजनिक गरेको नतिजा अनुसार समग्रमा उक्त परीक्षामा ६५ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन्।

परीक्षामा जम्मा १ हजार ५ सय १९ विद्यार्थी सहभागी मध्ये ९ सय ७४ जना फेल भए भने १८ जना अनुपस्थित रहेका थिए।

उक्त, परीक्षामा पास हुनेको संख्या जम्मा ५ सय २६ मात्रा रहेको छ।

काउन्सिलले लिने नर्सिङ परीक्षामा एक पटक मात्र होइन १४ पटकसम्म फेल भएका छन् ।

यो तथ्यांकले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको नर्सिङ सेवाको गुणस्तरप्रति नै गम्भीर प्रश्न उब्जाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्