दाङमा साढे दुई सय बढी महिलाले गराए सुरक्षित गर्भपतन



१६ श्रावण २०७६, काठमाडौं

दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा गएको आर्थिक वर्ष २०७५ र ७६ मा २५८ महिलाले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन्।

गर्भपतन गराउनेमा १७ –२४ वर्षमाथिका २३४ महिला रहेको हो।

त्यस्तै, आर्थिक वर्ष २०७४ र ७५ मा भने सो अस्पतालबाट २२३ महिलाले सुरक्षित गर्भपतन गराएका थिए।

जुन अवधिमा २० वर्षमुनिका २० र २० वर्षमाथिका २०३ महिलाले निःशुल्क गर्भपतन गराएका थिए।

गर्भपतन गराउनेमा सबैभन्दा बढी दाङ,सल्याण,रोल्पा जिल्लाका रहेका छन् भने केही अविवाहित पनि थिए।

अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले केहीले आफ्नो ठेगानासमेत ढाँट्ने गरेको पाइएको छ ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोद सिंहले सरकारी मान्यता प्राप्त अस्पतालमा गएर सुरक्षित गर्भपतन गराउन सल्लाह दिए।

उनले भने, “अस्पतालमा गर्भपतन गराउँदा सबैले देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनको लागि कानूनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेका छन्।”

असुरक्षित गर्भपतनले महिलाको ज्यानसमेत जानसक्ने, स्वास्थ्यमा समेत जोखिम पु¥याउने भएकाले सरकारले कानूनी मान्यता दिएका स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भपतन गराउनुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्