
१५ श्रावण २०७६, काठमाडौं
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव चार दर्जन बढी कर्मचारी कार्यरत सिंहदरबार बैद्यखानाको आकस्मिक अनुगमनमा निस्किएको अवस्थामा चार जना मात्रै कर्मचारी भेटाएका छन्।
ठूलो संख्यामा कर्मचारी अनुपस्थित भएको पाएपछि उपप्रधानमन्त्री यादव बैद्यखाना नेतृत्वसंग आक्रोशित भएका हुन्।
उनले सात दिन भित्र वैद्यखानाको प्रगति बिवरण र आगामी कार्ययोजना पेश गर्न प्रवन्ध निर्देशक डा. वंशदीप खरेललाई निर्देशन दिएका छन् ।
सरकारको एकमात्र आधिकारिक जडिबुटिजन्य औषधि उत्पादक संस्था बैद्यखानाको काम कारवाहीबारे जनगुनासो बढेपछि उपप्रधानमन्त्री यादवको टोली बुधबार दिउँसो आकस्मिक अनुगमनमा निस्किएको थियो ।





