
१५ श्रावण २०७६, काठमाडौं
पछिल्लो समयमा मोटोपन मानिसहरुको एउटा तनावको विषय बन्न पुगेको छ।
प्रायः मानिस आफुलाई स्लिम अनि फिट राख्नका लागि अनेक उपायहरु गरिरहेका हुन्छन्।
मानिस आफुलाई स्लिम राख्नका लागि खाना समेत छोड्न गरेकोे दखिन्छ।
यो उपायले आफु स्लिम त राख्न सकिएला।
जुन उपायले स्लिम भएपनि स्वास्थ्यमा अनेक समस्यहरु उत्पन्न हुन थाल्छन्।
त्यसैले, आफु स्लिम रहन खाना नै छोड्नुपर्छ भन्ने होईन!
तपाई आफुलाई स्लिम र आकर्षक राख्नका लागि यी उपायहरु अपनाउनुहोस्ः

अल्कोहालबाट टाढै रहनुहोस्ः
स्वस्थ अनि फिट रहन चहानुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोस्।
विभिन्न अध्ययनका अनुसार रक्सीको सेवनले मोटोपन बढाउन बढाउँछ।
निद्रा पुर्याउनुहोस्ः
एक अध्ययनका अनुसार, अनिन्द्रामा भएपछि तनाव हुन्छ। तनावसँगै सम्बन्धित हार्मोनले शरिरमा अत्याधिक मात्रामा तौल बढाइदिने गर्छ ।
बिस्तारै–बिस्तारै खानुहोस्ः
खाना खाँदा स्वाद लिएर बिस्तारै–बिस्तारै खानुहोस्।
यसरी खाँदा पेट भरिएको थाहा हुन्छ।
छिटो–छिटो खानाले पेट भरिएको महशुष नै हुँदैन।

स–साना काम गर्नुहोस्ः
शरिरलाई स्लिम अनि फिट राख्नका लागि स–साना काम गरिरहनुहोस्।
किनभने यसरी काम गरिहनले शारीरिक अभ्यास हुनका साथै शरिरमा ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन्।
सकेसम्म बाहिर नखानुहोस्
बाहिरतिर रेष्टुरेन्ट तथा अन्य ठाउँमा खानुभन्दा घरको खाना खानु स्वास्थ्यको लागि लाभदायिक मानिन्छ।
किनभने घरको खाना ताजा र स्वस्थ्यवद्र्धक हुन्छ भने बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्दछ।
ठिक मात्रामा खाना खानुहोस्ः
खाना नै नखाई डाइट्रि गर्नुभन्दा खानाको मात्रा कम गर्नु उचित हुन्छ।
त्यसैले सानो प्लेट वा थालमा खाना खानुहोस्।
शाकाहारी खाना खानुहोस्ः

मांसाहारी खानामा पोषक तत्वको मात्रा बढी हुन्छ।
जसले माटोपनबाट टाढा रहन मदत गर्छ।
हरियो सागसब्जी, गेडागुडी इत्यादिले शरिरलाई स्वास्थ्य र फिट रहन मदत गर्छ।
त्यस्तै, हरेक दिन एक गिलास गाजरको जुस पिउनुहोस्।
–चियाको सट्टा ग्रिन–टी सेवन गर्नुहोस्।
–चिन्ता, तनाव तथा थकान भएको बेलामा खाना नखानुहोस्।
–सलाद बढी मात्रामा खाने र यसमा बन्दाको मात्रा बढाउनुहोस्।
–गुलियो कम खानुहोस्।
–जसको सट्टामा फलफुलको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायिक मानिन्छ।
–नुन कम खानुहोस्।





