
१५ श्रावण २०७६, काठमाडौं
आगमी शनिबार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जाने भएका छन्।
स्वास्थ्य परीक्षण सहित नेपालमा आफूले गराएको उपचारको बारेमा ‘सेकेन ओपिनियन’ का लागि प्रधानमन्त्री ओली एक साताका लागि सिंगापुर जान लागेको हो।
प्रधानमन्त्रीका चिकित्सक प्राडा दिव्या सिंह शाहले धपडीका कारण स्वास्थ्यमा सामान्य समस्या देखिने क्रम बढेकाले केही दिन आरामका लागि सिंगापुर जानका साथै त्यहाँ रहँदा विज्ञ डाक्टरसंग स्वास्थ्य जाँच गराउने बताइन ।
‘उहाँको उपचार यहाँ पनि गरिएकै छ । तर कहिलेकाँही ‘सेकेन ओपिनियन’ पनि लिनुपर्ने हुन्छ भनेर त्यहाँ पुनः जाँच गर्न खोजिएको हो,’ उनले भनिन् ।
पछिल्लो समय प्रधानमन्त्री ओली नियमित काम गरिरहे पनि उनमा मृगौला र मधुमेहको समस्या देखा परेको छ ।





