छालाको क्यान्सर भएको कसरी थाहा पाउने ? एक चोटी अवश्य पढ्नुहोस्



१५ श्रावण २०७६, काठमाडौं

मानव भएर यो धर्तीमा पाईला टेकिसकेपछि कैयौं परिस्थितसँग लड्दै जानुपर्दछ।

हरेक परिस्थितसँग लड्दै जाने क्रममा अनेक समस्यहरु पनि थपिदै जान्छन्।

जुन समस्यहरुसँगै लड्दै जाने क्रममा रोग मानिसको शत्रु बनेर आउँछ।

रोगको मानिसको उमेर, लिग, धनी, गरिव कुनैसँग सम्बन्ध हुँदैन।

त्यसैले त रोगले मानिसलाई सताउँछ,रुवाउँछ।

त्यत्ति मात्रै नभएर मानिसको रोगसँग लड्ने क्षमता नभएको खण्डमा मृत्युको मुखसम्म पनि पुर्याउछ।

जुन रोगहरुमध्ये एक हो–छालाको क्यान्सर

‘क्यान्सर’ सबैभन्दा डर लाग्ने रोग हो।

त्यसैले त मानिसहरु यो नाम सुन्नेबित्तिकै डराउँछन्।

जुन रोगको समयमै उपचार गर्न सकियो यसको खतराबाट पनि बच्न सकिन्छ।

चिकित्सकहरुका अनुसार, शरिरमा आउने विभिन्न कोठीको रङ र अकारमा परिवर्तन देखिन गएको खण्डमा र कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ।

प्रायः सामान्यतयः ४० वर्षभन्दा माथिका उमेरका व्यक्तिहरुमा छालाको क्यान्सर बढी देखिने सम्भावना हुन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक वर्ष ३० लाख छालाको क्यान्सरका नयाँ बिरामीहरु पत्ता लागेका हुन्छन्।

छालाको क्यान्सर बढी मात्रामा ४० वर्ष माथिका व्यक्तिहरुमा दखिने सम्भावना हुन्छ।

विभिन्न विशेषज्ञहरुका अनुसार, छालाको क्यान्सर सूर्यको किरणमा भएको परावैजनी किरण शरिरको सीधा सम्पर्कमा आउनाले बढी मात्रामा हुने सम्भावना हुन्छ।

जुन रोगको समयमै पहिचान गरि उपचार गर्न सकियो भने छालाको क्यान्सरबाट बच्न सकिन्छ।

छालाको क्यान्सरको विषयमा केही जानकारी हामी तपाईहरुलाई दिदैछौंः

बेसल सेल कार्सिनोमाः

यो सबैभन्दा बढी छालामा हुने क्यान्सर हो।

बेसल सेल कार्सिनोमा क्यान्सर मुख्यतयाः शरिरको त्यो भागमा लाग्ने गर्छ।

एक अध्ययनका अनुसार, अनुहार,कान,तालु,घाटी,गर्दन,ढाडमा सूर्यको किरण सिधा सम्पर्कमा आउने भएकाले जुन अंगहरुमा बढी दखिने सम्भावना हुन्छ।

स्कवैमस सेल कार्सिनामाः

यो क्यान्सर पनि सूर्यको किरण सिधा सम्पर्कमा आउनाले लाग्ने रोग हो।

जुन क्यान्सर छालामा गाँठो वा घाउ भएर बिस्तारै–बिस्तारै बृद्धि हुँदै जान्छ।

यो क्यान्सर छालाबाहेक मुख,गुप्ताङ्ग तथा अन्य भागहरुमा देखिने सम्भावना हुन्छ।

चिकित्सकहरुका अनुसार, गहुँगोरो छाला भएको व्यक्ति किरणको सम्पर्क नआएमा पनि यो क्यान्सर लाग्ने सम्भावना बढी मात्रामा हुन्छ।

मेलेनोमा

चिकित्सकहरुका अनुसार, छालाको क्यान्सरहरुमध्ये मेलेनोमा क्यान्सर सबैभन्दा खतरायुक्त क्यान्सरको रुपमा चिनिन्छ।

जुन क्यान्सरको सुरुवात सानो वा खैरो धब्बा तथा कोठीबाट हुन्छ।

जुन धब्बा वा कोठीमा विभिन्न परिवर्तनहरु देखिन थाल्यो भने मेलेनोमा हुने सम्भावना हुन्छ।

विभिन्न अध्ययनका अनुसार, मेलेनोमा विशेष गरी पुरुषको अनुहार, पेट र कम्मरमा बढी हुने सम्भावना हुन्छ भने महिलाको खुट्टामा हुने गर्दछ ।

मेलेनोमा विशेषगरी कालो वर्णको छाला भएको व्यक्तिलाई लाग्ने सम्भावना हुन्छ।

विशेषज्ञहरुको अनुसार, गाढा रंगको विन्दुमा खैरो रंगको धब्बा भएमा शरिरमा आउने तिल कोठी जसको आकार परिवर्तन भई जसबाट रगत बगेमा मेलेनोमा हुने सम्भवना हुन्छ।

त्यस्तैः गाढा रंगको घाउ जुन हातमा, हातको औलामा, खुट्टाको पैतलामा, मुख र नाकमा पनि हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्