
१४ साउन २०७६, नवलपुर/दिपक शर्मा
देवचुली नगरपालिका वडा नं. १४ ले आफ्नो वडा भित्र रहेका २ विद्यालयहरुबाट ६ जनालाई एक वर्षभरी पुग्ने विद्यालय पोसाक, कापी, कलम, भोला तथा जुत्ता वितरण गरेको छ ।

वडाको वार्षिक स्विकृत कार्यक्रम अनुसार नै बालबालिका शिर्षकमा विनियोजन गरिएको रकमबाट विद्यालयहरुसँग समन्वय गरी जेहेन्दहार तथा गरिव समुदायका बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरिएको कुरा देवचुली १४ का वडा अध्यक्ष हेमराज दवाडीले बताए ।

वडा नं. १४ मा रहेको श्री जनज्योती नमुना माध्यमिक विद्यालय र बाल्मीकी विद्यालयका ६ जना बालबालिकाहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको कुरा संयोजन संस्था जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले बताए ।
वडा कार्यालयले यसरी विद्यालयको अन्य विकाससँगै बालबालिकाहरुलाई समेत सहयोग गरेकोले जनज्योती नमुना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद काफ्लेले वडा कार्यालयको प्रशंसा गर्दै, शिक्षाको विकास विना केही सम्भव नभएकोले शिक्षा तथा मानविय विकासमा लगानी गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

वितरण कार्यक्रममा वडाका अन्य जनप्रतिनिधीहरु, विद्यालयका शिक्षक तथा अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।





