
१४ श्रावण २०७६, काठमाडौं
स्वस्थ रहन मानिसको शरिरमा पानी पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
शरिरको दुई तिहाई हिस्सा पानीले बनेको हुन्छ।
त्यसैले, पानीको कम सेवनले शरिरमा अनेक रोगहरु उत्पन्न हुन थाल्छन्।
शरिरमा पानीको कम हुन गएको खण्डामा जानकार हुनुहोस् यस्तो समस्यहरु उत्पन्न हुन्छन्ः

चाउरीपन र छाला सुक्खा हुनेः
जब, शरिरमा पानीको कम हुँदैं जान्छ।
तब अनुहारमा चाउरी पर्ने,छाला सुक्खा हुने जस्ता समस्यहरु उत्पन्न हुन थाल्छन्।
मृगौलाको समस्याः
शरिरमा पानीको मात्रा कम हुन थालेपछि मृगौलाको समस्य पनि देखिन थाल्छ।
चिकित्सकहरुका अनुसार, रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्ने भएकाले जसले मृगौलामा असर पुर्याउछ।
पानीको कम हुँदा विकारयुक्त बाहिर निस्कन नपाएपछि मृगौलामा कमजोर हुन जान्छ।
एक्कासि मन परिवर्तन
पानीको कम भएका कारण एक्कासी मानिसको मन परिवर्तन हुन जान्छ।
एक्कासी रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने जस्ता समस्यहरु आएमा जान्नुहोस् पानीको कम हुन थालेको छ भनेर!

रक्तचापमा कमः
पानीको कम हुन थालेपछि रक्तचाप घट्ने समस्य उत्पन्न हुन्छ।
जसकारण मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेजस्ता समस्याहरु देखिन्छ।
थकान महसुस र टाउको दुख्नेः
जब शरिरमा पानीको मात्रा कम हुन थालेपछि थकान महशुष हुने र टाउको भारी हुने समस्य उत्पन्न हुन्छ।
पाचनसम्बन्धी समस्या
जब शरिरमा पानीको कम हुन जान्छ।
तब, क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ।
त्यसैले, पाचनसम्बन्धी समस्याहरु आउन थाल्छन्।
पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने इत्यादि समस्यहरु देखिन थाल्छन्।
जोर्नी र मांसपेशीमा समस्याः
पर्याप्त मात्रामा पानीको सेवनले जोर्नी तथा मांसपेशीलाई नरम बनाउँछ।
त्यसैले पानीको मात्रामा कम हुन पुग्दा दुवैमा समस्य उत्पन्न हुन थाल्छ।





