
१४ श्रावण २०७६, काठमाडौं
डोटी अस्पतालमा गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ।
अस्पतालमा नवौँ र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा.भूषण मिश्र मात्रै कार्यरत रहेका छन्।
डा. मिश्रले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन्।
उक्त अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको हो।
एमडिजिबी गरेका डा. गिरिश अवस्थी र एमबिबिएस गरेका डा. खुसिद आलम खान रहेका छन् ।
अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. मिश्रले जानकारी दिए।
उनले भने, “अस्पतालमा दरबन्दीका डाक्टर छैनन्, संस्थाले खटाएका साथी भएकाले केही सहज भएको छ, नत्र मलाई नै हम्मेहम्मे पथ्र्यो ।”





