
१४ श्रावण २०७६, काठमाडौं
हरेक मानव शरिर केही न केही रोगहरुबाट संक्रमित हुन्छ।
त्यसमा पनि नेपाली समाजमा जन्मि हुर्किएका व्यक्तिहरुमा त नहुने कुरै भएन।

अन्तर्राष्ट्रिय स्तरमा भने पछिल्लो समय एचआइभी एड्स हावी भएको विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकहरुले देखाएका छन्।
यो भन्दा अगाडि यो रोगको बारेमा स्वयं वैज्ञानिक तथा विज्ञहरु नै अलमलमा थिए कि, मानव शरिरमा कसरी एचआइभी भाइरस फैलिन्छ?
तर, अब भने भाइरस कसरी फैलिन्छ? यो पत्ता लागिसकको छ।
३० वर्षको अनुसन्धानपछि वैज्ञानिहरुले यसको बारेमा विस्तृत तथ्य फेला पारेका हुन्।
कसरी फैलिन्छ भाइरस?

एचआइभी भाइरस मानव शरिरमा भएका कोशिकाले भाइरसलाई सेल–सेलमा फैलाएको पत्ता लगाएका छन्।
एचआइभी भाइरसको अध्ययन गर्ने क्रममा वैज्ञानिकहरुले भाइरसलाई टेस्टट्युबको सहायता लिएका हुन्।
जसमा वैज्ञानिकहरुले थ्रि डायमेन्सन वातावरणमा अध्ययन गरि पत्ता लगाएका हुन्।
भाइरसले ‘इन्फेक्सन’लाई दबाउने र एचआइभी जिवाणुलाई सिधा कोशिकाको माध्यमबाट सेलमा फैलाउने पत्ता लगाएका हुन्।
विश्व स्थास्थ्य संगठनले केही वर्ष पहिले एचआइभी भाइरस संक्रमणलाई महामारी घोषणा पनि गरेका थिए।





