जान्नुहोस् यस्तो लक्षण देखिएमा हुनसक्छ कानको क्यान्सर



१४ श्रावण २०७६, काठमाडौं

हरेक मानिसमा विभिन्न किसिमका रोगको संक्रमण देखिरहेको हुन्छ।

जुन रोगहरुमध्ये एक हो–कानको क्यान्सर

प्रायः कानको नजिक एक गाँठो वा छाला जस्तो बन्छ।

जुन छालाको समस्य नभई त्यहीबाट क्यान्सरको शूरुवात हुन्छ।

कानको क्यान्सरको प्रकारः

ट्यूमर, कुनै पनि समयमा कानको एक भागमा मात्र सम्म सिमित हुँदैन ।

यसले कानको विभिन्न भागलाई प्रभावित गर्न सक्छ।

तर यी कुरामा निर्भर हुन्छ कि क्यान्सर कुन प्रकारको हो ।

कानको क्यान्सरको उपचार र लक्षण यसको प्रकारले निर्भर गर्छ।

बाह्य कानको क्यान्सर

बाह्य कानको क्यान्सर अल्सरको रूपमा विकसित हुन्छ ।

सामान्तयः यस प्रकारको क्यान्सर स्किन क्यान्सरको रूपमा शुरुवात हुन्छ र बढ्दै जाँदा कानसम्म पुग्ने सम्भावना हुन्छ।

केही अवस्थामा त कानको क्यान्सर मस्तिष्क सम्म पनि पुग्छ, जसलाई निकै खतरनाक स्थिति मानिन्छ ।

कानको बाहिरी भागमा फैलिएको क्यान्सरलाई सर्जरीको माध्यमले निको पार्न सकिन्छ ।

मिडिल इअर क्यान्सर

कानमा हुने क्यान्सरले कानको बीचको भागलाई पनि प्रभावित गर्न सक्छ।

जुन क्यान्सरको दुखाई निकै असहनीय हुने र कहिले–काहीँ यसबाट रगत बग्ने हुन्छ।

यस किसिमको क्यान्सरको उपचार बायोप्सी र सर्जरीको मद्दतले गरिन्छ।

लक्षणः

–सूजन र घाँटीमा गाँठो

–अल्सरको बढ्दो रुप वा ट्यूमरको शुरुवात

–कपाल झर्नु

–कानमा दुखाई

–कानबाट प्रायजसो रगत बग्नु

–कान बज्नु

–चक्कर लाग्नु

प्रतिक्रिया दिनुहोस्