
१३ श्रावण २०७६, काठमाडौं
डडेल्धुराको नवदुर्गास्थित वडा नं. ३ लाई जिल्लाकै पहिलो ‘घरमा हुने सुत्केरी शून्य वडा’ आज सोमबार घोषणा गरिएको छ।
‘सम्पूर्ण गर्भवतीहरुलाई नवदुर्गाको आह्वान, पूर्ण संस्थागत सुत्केरी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ वडालाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरेको हो।
घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई सोमबार एक कार्यक्रमकाबीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो।
मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि नवदुर्गा गाउँपालिका–३ लाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरेको नवदुर्गा स्वास्थ्य शाखाले जनाएको छ।





