
१३ श्रावण २०७६, काठमाडौं
सबै मानिसको शत्रु बन्न थालेको छ–मोटोपन

प्रायः मानिसहरुको मोटोपन तनावको बिषय बन्न पुगेको छ।
विभिन्न जीवनशैलीसँगै खानपान तथा शारीरिक व्यायम कम भएका कारण मोटोपन बढिरहेको हुन्छ।
जत्ति सजिलो गरेर मोटोपन बढ्छ।
जुन मोटोपन घट्न त्यत्ति सजिलो भने पक्कै पनि हुँदैन।
त्यसैले, आफ्नो मोटोपन घटाउनका लागि प्रायः मानिसहरु जिम जाने, खाना घटाउने तथा भोकै बस्ने गर्छन्।
जसले गर्दा मोटोपन त घट्छ।
तर….
शरिरमा विभिन्न रोगको संक्रमणहरु उत्पन हुन थाल्छन्।
त्यसैले, पेटको बोसो र कम्मरको मासु घटाउने यी उपाय तपाईहरुलाई दिदैछौंः

नियमित दौडिने,हिड्नेसँगै यी घरेलु विधिले तपाईको माटोपनलाई चाडै घटाउँन मदत गर्छ।
–कागती, मह र मरिचको तयार पार्नुहोस्।
–एक गिलास पानीमा तीन चम्चा कागतीको रस, एक चम्चा मह र आधा चम्चा मरिचको धुलो मिलाउनुहोस्।
–यसलाई चम्चाको सहायताले राम्रोसंग घोल्नुहोस्।
–जुन घोललाई बसेर, हरेक घुट्कीलाई अनुभव गर्दै राम्रोसँग पिउनुहोस्।
–कागतीको रस, मह र मरिच राखिएको यो पानी खाली पेटमा पिउनुहोस्।
यसरी कागतीको रस, मह र मरिच पानीमा घोल्दै हरेक दिन बिहान–बिहान खाली पेटमा नियमित दुई महिनासम्म पिउनुहोस्।
जसले तपाईको पेट र कम्मरको मोटोपन घटाउँछ।





