रोगसँग लड्ने क्षमता बढाउनुहोस्,जसका लागि गर्नुहोस् यस्तो खानपान



१३ श्रावण २०७६, काठमाडौं

स्वास्थ्य जीवन मन नपराउने यहाँ विरलै होलान्।

मानिस अनेक रोगको संक्रमित हुनुको मूख्य कारक तत्व नै हो–खानपान

प्रायः नेपालीहरु आफ्नो खानपानमा उत्ति ध्यान दिईरहेका हुँदैनन्।

जसकारण विभिन्न रोगको शिकार बन्न पुगिरहेका हुन्छन्।

तर…..

यस्तो वाणी स्वास्थ्यको लागि राम्रो मानिदैन।

स्वस्थ रहन विशेष खानपानमै ध्यान दिनुपर्दछ।

स्वस्थ खानपानले मानिसलाई स्वास्थ्य बनाउँछ।

त्यसैले, रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्नका गर्नुहोस् यस्तो खानपानः

लसुन

लसुनमा सलिसिन नामक तत्व पाइन्छ।

जसले जसले शरिरलाई इन्फेक्सन र ब्याक्टेरियासँग लड्ने शक्ति प्रदान गर्दछ।

चिकित्सकहरुका अनुसार, दिन–प्रतिदिन खानामा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सर तथा ब्लडप्रेसर नियन्त्रण राख्न सहयोग गर्छ।

बदाम

बदाममा भिटामिन ई प्राप्ता हुनेभएकाले शरिरमा रहेका नेचुरल किलर सेल्स बढाउनका साथै विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्दछ।

विभिन्न अध्ययनका अनुसार, दिन–प्रतिदिन ८–१० वटा बदाम भिजाएर खानाले शरिरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसँग लड्न शक्ति प्राप्ता हुन्छ।

ब्रोकाउली

Fresh broccoli isolated on white background

ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ ।

यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ ।

स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।

सुन्तला

सुन्तला, कागती, अनार, कटहर इत्यादि फलहरुमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाईन्छ।

जसले हरेक रोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्दछ।

यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन ।

पालुंगो

पालुंगोमा फोलेट नामक तत्व पाईन्छ।

चिकित्सकहरुका अनुसार, ‘शरिरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्दछ।’

यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरिरलाई हरेक तबरबाट स्वस्थ राख्दछ।

त्यस्तै,उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले ठिक ढंगमा काम गर्नका साथै कब्जियतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्