
१३ श्रावण २०७६, काठमाडौं
नेपालगञ्जस्थित मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताललाई मेडिकल उपकरण प्रदान गरेको छ।
प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रहरी अस्पताललाई रु. एक करोड मूल्य बराबरको मेडिकल उपकरण प्रदान गरेको हो।
उक्त,अस्पतालका लागि आवश्यक पर्ने डिजिटल एक्सरे मेशिन, अक्सिजन सिलिन्डर, राउन्ड ट्रली, बेड, कुर्सी, टेबलजस्ता अत्यावश्यक सामग्री प्रदान गरेको अस्पतालका प्रमुख प्रहरी उपरीक्षक डा. आशिष दत्तले जानकारी दिए।
आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद के.सीले आईतबार अस्पतालको उद्घाटन गर्दै उक्त सामग्री प्रदान गरेका हुन्।
नागरिकको सुरक्षामा खटिने प्रहरी तथा कर्मचारीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न २०५५ सालमा स्थापना गरिएको उक्त अस्पताल २०५८ सालदेखि आफ्नै भवनमा सञ्चालन हुँदै आएको थियो।





