
१३ श्रावण २०७६, काठमाडौं
मानिस बाँच्नका लागि खानाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ।
खानाले हामीलाई शक्ति दिन्छ।
जुन शक्तिले मानिस स्वस्थ भई अनेक कार्यहरु गर्न सक्छन्।
तर….
त्यही खानाको ठिक सदूपयोग भएन भने,मानिस कैयौं रोगको संक्रमित बन्न पुग्छन्।
त्यसैले, खाना कति खाने? कसरी? हरेक कुराको जानकार हुन आवश्यक हुन्छ।
जसमध्ये एक हो–नून

नूनको ठिक प्रयोगले खानालाई स्वादिलो बनाई मानिसलाई पनि स्वस्थ अनि फिट राख्न मदत गर्दछ।
त्यस्तै, नूनले शरिरमा पानीको स्तरलाई नियन्त्रण गर्नुको साथै पाचन प्रक्रिया र मृगौलालाई शरिरमा राम्रोसंग काम गर्न सहयोग गर्ने, सुगर कम गर्ने, तनाव र अन्य भावनात्मक समस्यहरुबाट टाढा रहन मदत गर्दछ।
तर जुन नून आवश्यकताभन्दा बढी भएको खण्डमा विभिन्न किसिमका रोगहरु उत्पन्न हुन सक्ने सम्भावना हुन्छ।
जस्तैः नूनको बढी सेवनले हाइपर टेन्सन, हाई ब्लड प्रेसरको खतरा भई हार्ट अट्याकको खतरा हुने सम्भावना हुन्छ।
विश्वस्वास्थ्य संगठनका अनुसार, एक वयस्क व्यक्तिले २ सय मिलिग्राम भन्दा कम नुन सेवन गर्नुपर्छ, जुन ५ ग्राम नुन प्रति दिन बराबर हो।
चिकित्सकहरुका अनुसार,हाम्रो शरिरमा नूनको कम हुन पुगेमा कोलेस्टल बढ्नु, थकाइ लाग्नु, चक्कर लाग्नु, भोक नलाग्नु तथा ब्लड प्रेशर लो हुने जस्ता समस्याहरु उत्पन्न हुन थाल्छन्।

हाम्रो शरिरमा नून सन्तुलित गर्नका लागि खानामा धेरै नूनको प्रयोग नगर्ने, बढि नुन भएका खानेकुरा नखाने, दहीमा नुन हालेर खानुहुँदैन।
त्यस्तै, पापड, अचार, चिप्स, नुनहालेको बदाम, पपकर्न, सोया सस, केचअप तथा प्रोसेस्ड फुड अत्यन्त कम मात्रामा सेवन गर्न स्वास्थ्यको लागि लाभदायिक मानिन्छ।
विभिन्न अध्ययनका अनुसार, मुटु, मृगौला र फोक्सोको समस्या भएका व्यक्तिले सोडियम कम भएको नून खानु उचित मानिन्छ।
दिन–प्रतिदिन नूनको सेवन गर्दा उमेर अनुसार गर्न राम्रो मानिन्छ।
त्यसैले, कति उमेर समूहका व्यक्तिले कति ग्राम नूनको प्रयोग गर्न भन्ने बिषयमा यी जानकारी हामी तपाईहरुलाई दिएका छौंः

विश्व स्वास्थ्य संगठनका अनुसार, ‘हरेक व्यक्तिले हरेक दिन उमेर अनुसार नूनको सेवन गर्नपर्छ।’
–शून्यय देखि १२ महिना सम्मका वालकले एक ग्राम भन्दा कम नुनको प्रयोग गर्ने।
–१–३ बर्षका उमेर समूहका व्यक्तिले २ ग्राम भन्दा कम नूनको प्रयोग गर्ने।
–४–६ बर्षका व्यक्तिले ३ ग्राम नूनको प्रयोग गर्ने।
–७–१० बर्षका व्यक्तिले ४ ग्राम नूनको प्रयोग गर्ने।
–११ बर्षदेखी माथिका बर्षका व्यक्तिहरुले ५ ग्राम नूनको प्रयोग गर्ने।





