
१३ श्रावन २०७६, काठमाडौं
सरकारले यातयात र स्वास्थ्य सेवाबाट पिछडिएका दुर्गमका ३४ जिल्लामा गर्भवती तथा सुत्केरीको उद्धार गर्र्ने हवाई व्यवस्था गरेको छ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगर्त दुगर्म क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको लागि हवाईउद्धार कार्यक्रम ल्याइएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अघि सारेको यो कार्यक्रम देशका विभिन्न ३० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक रुपमा लागू भएको छ ।
मन्त्रालयका अनुसार, हवाई उद्धार पूर्ण रुपमा लागू भएका जिल्लाहरु दार्चुला, बैतडी, बाजुरा, बझाङ, दैलेख, डोटी, अछाम, जाजरकोट, मुगु, कालिकोट, हुम्ला, जुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ रहेका छन्।
यस्तै, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुम पश्चिम, सल्यान र रसुवा रहेका छन्।
आंशिक रुपमा लागू भएका जिल्लाहरुमा
सिन्धुपाल्चोकः पाँचपोखरी,थामपालथाप गाँउपालिका, हेलम्बु गापा, जुगल गापा
धादिङः रुबीभ्याली गापा
गोरखाः सुलिकोट गापा, आरुघाट गापा, सिरानचोक गापा, गण्डकी गापा, अजिरकोट गापा, धार्चे गापा, चुमनुब्री गापा
बाग्लुङः ढोरपाटन नपा, गलकोट नपा, बडिगाड गापा, निसिखोला गापा, बरेङ गापा, ताराखोला गापा, काँठेखोला गापा, तमानखोला गापा, जैमुनी नपा रहेका छन् ।






