ल्वाङ खानुहोस्,पाउनुहोस् रोगबाट छुटकारा



१२ श्रावण २०७६, काठमाडौं

प्रायः हामीले दिनहुँ प्रयोग गर्ने मसलामध्ये एक हो–ल्वाङ

यसलाई भान्सामा मात्रै प्रयोग गरिने ल्वाङ औषधीको रुपमा पनि निकै उपयोगि रहेको छ।

कतिपयलाई ल्वाङ कसरी प्रयोग गर्ने ? कती मात्रामा प्रयोग गर्ने भन्ने अन्यौल हुन्छन्।

ल्वाङको असर तातो हुने भएकाले चिसो वा रुघाखोकी लागेमा पानीमा उमालेर पिउँनाले फाइदा गर्छ ।

त्यसैले, ल्वाङको विषयमा यो जानकारी तपाईहरुलाई दिदैछौँः

 

मुटुको समस्या

दिनमा एउटै मात्र ल्वाङ चपाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गरि मुटुसम्बन्धि समस्याबाट बचाउँछ।

घाउ

ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउँलाई चाँडै निको हुन मदत गर्छ।

एसिडिटी

ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, जसले खानालाई राम्ररी पचाउन मदत गर्नका साथै पेटमा एसिडिटीको समस्या हुँदैन ।

रोगसँग लड्ने क्षमता

यदि खानामा ल्वाङलाई मिसाएर खानाले शरिरलाई रोगसँग लड्ने क्षमता बढाईदिन्छ।

अनुहारमा चमक

दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ।

कमजोरी भगाउँछ

ल्वाङमा ‘पोटासियम’ पाईने भएकाले यसले कमजोरी भगाउनका साथै तुरुन्तै ऊर्जा प्रदान गर्छ।

दाँत

ल्वाङमा पानइने ‘एन्टी इफ्लेमेटरी’ गुणले दातको दुखाईलाई कम गर्छ।

छाला नरम

ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चम्किलो बनाउन मदत गर्छ।

प्रतिक्रिया दिनुहोस्