
१२ श्रावण २०७६, काठमाडौं
विश्व हेपाटाइटिस दिवसको अवसरमा (आज) आईतबारबाट सीएमसीले ओपीडी सेवा शुरु गरेको छ।
चितवन मेडिकल कलेज टिचिङ हस्पिटल (सीएमसी)ले कलेजो प्रत्यारोपण सम्वन्धि ओपीडी सेवा शुरु गरेको हो।
सीएमसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेका अनुसार कलेजो सम्वन्धि जटिल रोगबाट ग्रसित बिरामीहरुलाई लक्षित गरी आजबाट यो सेवा शुरु गएिको हो ।
‘अहिलेसम्म कलेजोको जटिल अवस्था आउनासाथ काठमाडौँ जानुपर्ने बाध्यता थियो । हामीले त्यो बाध्यतालाई अन्त्य गर्दै चितवनमै सेवा सरु गरेका हौँ,’ उनले भने ।
त्यसो त सीएमसीले यसअघि नै कलेजो तथा मृगौला प्रत्यारोपणका लागिसरकारबाट लाइसेन्स समेत लिइसकेको छ ।
ओपीडीमा डा. सागर पौडेलको नेतृत्वमा रहेको ५ सदस्ययी टोलीले सेवा दिने बताइएको छ ।





