दुब्लाउनुको कारण जान्नुहोस्



१२ श्रावण २०७६, काठमाडौं

सबै मानिसको आ–आफ्नै रोजाई हुन्छ।

कसैलाई दुब्लाउन मन पर्छ भने कसैलाई मोटाउन!

प्रायः दुब्लो व्यक्तिहरुलाई कसरी मोटाउने भन्ने चिन्ताबाट ग्रसित भईरहेका हुन्छन्।

मेटाउनका लागि अनेक उपायहरु गरिरहेका हुन्छन्।

त्यसैले आज हामी तपाईहरुलाई केही उपायहरु दिन लागिरहेका छौं।

मानिस दुब्लाउनुको मूख्य कारण नै हो–खाना

लामो समयसम्म नखाने,खानामा पौष्टिक तत्वको कमी,अरुची, डाइटिङ्ग नगर्ने जस्ता कारण दुब्लो र ख्याउटे बन्छ।

बिशेषगरी इनर्जी धेरै खर्च भई इनजीको बचत कम हुने हुँदा दुब्लाउनपुग्छ।

त्यस्तै, विभिन्न किसिमका रोगको संक्रमणहरु पनि दुब्लाउनुका कारण बन्न सक्छन्।

विभिन्न अध्ययनका अनुसार मानिस बढी मोटो हुनु राम्रो मानिदैन, आफ्नो उचाइअनुसार शरिर ठिक्क मोटोपन भने हुनैपर्छ।

त्यस्तैगरी मधुमेह, थाइराइड, एडिसन डिजिज, श्वासप्रश्वासका बिरामीहरु बढी मात्रामा दुब्लाउने हुन्छन्।

चिकित्सकहरुका अनुसार, मुटु, हृदयाघात तथा डिप्रेशन,इन्फेक्सन, क्षयरोग (टी.वी), एचआइभी एड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारक तत्व नै हुन् ।

थाइराइड हाइपो र हाइपर गरी दुई प्रकारका हुन्छन् ।

जुन हाइपो थाइराइडका बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जाने हुन्छन्।

बच्चाहरुलाई पौष्टिक तत्वको कमीले दुब्लाउँदै जान्छन्।

त्यसैले, बच्चाको वृद्धि विकासका लागि खानामा निकै ध्यान दिन आवश्यक हुन्छ।

मानिस धेरै दुब्लाउँदै गएको खण्डामा चिकित्सककहाँ परामर्श लिनुपर्छ।

१८० दिनमा १० प्रतिशत तौल कम भएको छ भने एकपटक चिकित्सकसँग परामर्श लिनुपर्छ ।

किनभने कुनै पनि किसिमको हर्मोन रोगका कारण यस्तो भएको हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्