पाल्पामा बढ्न थाल्यो नसर्ने रोगको बिरामी



१२ श्रावण २०७६, काठमाडौं

दिनप्रतिदिन पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्य बढ्दै गएको छ। पछिल्लो समय जिल्लामा मधुमेह, दीर्घ श्वासप्रश्वास, मुटु, क्यान्सर जस्ता रोगका बिरामीहरु बढेका पाईएको हो।

आर्थिक वर्ष ०७३र०७४ मा ५० प्रतिशत, ०७४र०७५ मा ६० प्रतिशत र २०७५र०७६ मा ६६ प्रतिशत नसर्ने रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए।

धूमपान, मध्यपान, अस्वस्थकर खानपान, परिवर्तित जीवनशैलीका कारण नसर्ने रोगको बिरामी बढ्दै गएको ज्ञवालीले बताए।

“स्वास्थ्यलाई हानिकारक हुने खालका खानेकुराको सेवन, सरसफाइमा ध्यान नदिनु, जीवनशैलीलाई परिवर्तन गरी सुखसयलमा बिताउने गर्दा नसर्ने रोगले छिटो आक्रमण गर्न थालेको छ, जिल्लामा वर्षेनी यो रोगका बिरामी बढ्दै गएका छन्”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्