दुब्लोपनबाट पाउनुहोस् छुटकारा, जसका लागि खानुहोस् काजु र बदाम



१२ श्रावण २०७६, काठमाडौं

कतिपय मानिसहरु आफ्नो तौल कम भएका कारण एक्दमै चिन्तित हुन्छन्।

जसका लागि अनेकौ उपायहरुको खाजीमा हुन्छन्।

जुन उपायहरुमध्ये एक हो–काजु तथा बदाम

काजु तथा बदाम खानुमा जतिनै स्वादिष्ट,उत्तिनैै शरिरका लागि पनि लाभदायिक हुन्छ।

काजु तथा बदाममा शरिरलाई चाहिने पोषक तत्व पाइन्छ।

जसको सेवनले शरिर स्वस्थ हुनुका साथै दुब्लो तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ ।

काजु तथा बदाममा पाईने अनेक फाईदाहरुको जानकारी लिनुहोस्ः

–काजुमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर पाईने भएकाले शरिरका तौल बढाउन मदत गर्छ।

–बदाममा प्राकृतिक रुपमा भिटामिन इ, एन्टीशक्सिडेन्ट पाइने भएकाले यसको सेवनले कपाल तथा त्वचालाई स्वस्थ बनाउँछ ।

–काजुमा प्रशस्त मात्रामा प्राकृतिक एन्टी अक्सिडेन्ट हुन्छ जसको सेवनले शरिरमा ट्यूमर तथा क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

–बदाममा प्रशस्त मात्रामा भिटामिन तथा खनिज पदार्थ पाइने भएकाले यसको सेवनले शरिरको तौल बढाउनुका साथै शरिर स्वस्थ राख्नमा मद्दत गर्छ ।

–काजुबाट शरिरलाई चाहिने म्याग्नेसियम तथा क्याल्सियम प्राप्त हुन्छ । जसले हड्डीलाई मजबुत राख्नुका साथै मांशपेशीलाई स्वस्थ बनाउन मद्दत गर्छ ।

–बदाममा शरिरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस तथा म्याग्नेशियम प्रशस्त मात्रामा पाइनुका साथै यसको सेवनले शरिरमा पाचन शक्ति बढाउनमा मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्