एकल महिलालाई उपचार खर्च गाउँपालिकाले व्यहोर्ने



१२ श्रावण २०७६, काठमाडौं

ओखलढुङ्गास्थित सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ।

सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्ष २०७६ र ७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने भएको हो।

५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचारका लागि सहयोग गर्ने नीति लिइएको गाउँपालिका ले जानकारी पदए।

प्रतिक्रिया दिनुहोस्