क्यान्सरजस्तो खतरनाक रोगबाट बच्नुहोस्, जसका लागि गर्नुहोस् यस्तो खानपान



१० श्रावण २०७६, काठमाडौं

स्वस्थ र फिट रहन हर मानिसको रोजाई हो।

जसका लागि जीवनशैलीसँगै खानपानमा पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ।

प्रायः नेपालीहरु आफ्नै लापारबाहीका कारण विभिन्न रोगको शिकार बन्न पुगिरहेका हुन्छन्।

जुन रोगहरुमध्ये एक खतरनाक रोग हो–क्यान्सर

‘क्यान्सर’ सुन्नेबित्तिकै नडराउने यहाँ कमै मात्रामा भेटिएलान्।

जुन रोग समयमै उपचार गर्न सकिएन भने अकालमै ज्यान जाने सम्भावना धेरै हुन्छ।

पछिल्लो समय क्यान्सरका बिरामी उत्तिकै बढेका चिकित्सकहरु बताउँछन्।

 क्यान्सर जस्तो भयानक रोग लाग्नुभन्दा लाग्न नदिनु नै उत्तम मानिन्छ।

जसका लागि आज हामी तपाईहरुलाई क्यान्सरको संक्रमणबाट बच्न कस्तो खानपान गर्ने?

जसको विषयमा यी ज्ञानबद्र्धक जानकारी तपाईहरुलाई दिदैछौँः

कागतीको नियमित सेवन

एक अध्ययनका अनुसार, कागतीमा हुने सिटरस तत्व पाईने भएकाले यसको नियमित सेवनले मुख अनि पेटको क्यान्सरबाट बचाउँछ।

खानामा लसुन

खानासँगै लसुनको दैनिक सेवनले पेटको क्यान्सरलाई १२ प्रतिशतसम्म घटाउने चिकित्सकहरु बताउँछन्।

बन्दा कोभी

हरेक तरकारीमध्ये सस्तो र सूलभ मूल्यमा पाईने बन्दा क्यान्सरको लागि निकै उपयोगि रहेको छ।

जुन नियमित खाने गर्नाले मलद्धार र आन्द्राको क्यान्सरबाट बचाउँछ।

हरियो प्याजका पात

विभिन्न अध्ययनका अनुसार दैनिक हरियो प्याजका पातको सेवनले प्रोस्टेटको क्यान्सरबाट ५० प्रतिशतले बचाउँछ ।

जुन पात पकाएर भन्दा पनि काँचै या बफ्याएर खाना राम्रा मानिन्छ।

उसिनेको या बफ्याएको ब्रोकाउली

ब्रोकाउली सामान्य बफाएर र उसिनेर खाएमा क्यान्सरबाट बच्न सकिन्छ।

हरियो चिया

एक अध्ययनले देखाएअनुसार, दैनिक हरियो चिया सेवन गर्ने महिलाहरुमा ५० प्रतिशत क्यान्सर कम हुने सम्भावना हुन्छ।

स्याउ

स्याउमा फाईबर तत्व पाईने भएकाले आन्द्राको क्यान्सरको लागि निकै उपयोगि मानिन्छ।

एक अध्ययनका अनुसार, स्याउमा हुने एकप्रकारको एन्टीअक्सिडेन्ट तत्वले क्यान्सर सेलको नाश गर्दछ ।

गाँजर

गाँजरमा अत्याधिक मात्रामा बेटा क्यारोटिन पाईने पाईन्छ।

जसमा अलावा पनि गाँजर अन्य तत्वहरु पाईने भएकाले क्यान्सरबाट बचाउँछ।

प्रतिक्रिया दिनुहोस्