
१० श्रावण २०७६, काठमाडौं
झापाको दमकस्थित १९ जना डेंगुको संक्रमण भएको पाईएको छ।
यो बर्षमा जम्मा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए।
गत दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा फैलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उनले बताए।
दमकमा गर्मी शुरुदेखि नै डेंगुको संक्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु संक्रमण कम देखिएको अर्यालयले जानकारी दिए।





