थाहा पाउनुहोस् हृदयघात हुनुभन्दा अघि दखिन्छ यस्तो लक्षण



१० श्रावण २०७६, काठमाडौं

मानिस जन्मनु र मर्नु प्रकृतिको नियम हो।

यो धर्तीमा मानिसले कैयौं इच्छा,आकांक्षा लिएर पाईला टेकेको हुन्छ।

जुन कैयौं इच्छाहरुमध्ये एक हुन्छ–स्वस्थ जीवन

 

स्वस्थ जीवन मन नपराउने यहाँ कमै मात्रामा भेटिएलान्।

स्वस्थ मानिसले अनेकौ खुसी आर्जन गर्न सक्छ।

तर…..

जुन खुसीमा एक्कासी बाधक बनेर आईदिन्छ –रोग

रोग मानिसको शत्रु हो।

जसको उमेर,लिग, धनी–गरिब, धन–सम्पती कुनैसँग सम्बन्ध हुँदैन।

जुन त्यस्तो रोग हो–हृदयघात

प्रायः मानिसहरु हृदयघातको नाम सुन्नेबित्तिकै डराउँछन्।

जुन रोगले कुनैै पनि समयमा आक्रमण गर्दछ।

यो रोग संक्रमणले विशेषगरी ४० बर्षभन्दा बढी उमेरका व्यक्तिहरुमा देखिन्थ्यो।

तर पछिल्लो समय युवावस्थाका उमेरका व्यक्तिहरु पनि यसको शिकार बनिरहेका छन्।

विभिन्न अध्ययनका अनुसार, हृदयघातका कारण हरेक बर्ष अनेकौ मानिसहरुको मृत्यु हुने गरेको छ।

हृदयघात हुन एक महिनाअघि नै यसको लक्षण दखिन्छ।

जसलाई हामी ध्यान दिन सक्यौं भने यसको खतराबाट बच्न सकिन्छ।

त्यसैले हृदयघातबाट बच्नका लागि हामी यो उपाय तपाईहरुलाई दिदैछौँ।


पाचनतन्त्रमा गडबडी

पाचनतन्त्रसँग जोडिएको समस्य छ भने यसलाई कहिल्यै बेवास्ता नगर्नुहोस्।

जुन हृदयघातको लक्षण हुनसक्छ।

अन्य अंगमा पीडा

छाती वा अन्य भागमा पीडा भयो भने यो हृदयघातको संकेत हुनसक्छ।

छाती बाँउडियो भने पक्का हुनुहोस् जुन हृदयघातको लक्षण नै हो।

तनाव

दिनप्रति–दिन तनाव, चिन्ता र डर महशुष गर्न थाल्नुभयो भने हृदयघातको लक्षण हुनसक्छ।

सास लिन अप्ठ्यारो

सास फेर्न गाहे हुन थाल्यो भने यो हृदयघातको लक्षण हो।

यस्तो लक्षण प्रायः महिलाहरुमा देखिन्छ।

ढुकढुकी बढ्नु

लामो समयसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने यसलाई बेवास्ता नगर्नुस्।

जुन हृदयघातको लक्षण हो ।

अत्यधिक पसिना

बाहिरतिर हिड्दा, कसरत गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो।

तर यत्तिकै पसिना आईरहनु भनेको हृदयघातको लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्